Phone: ९८११७७१४०५, ९८६३९१९९३०
प्रदेश न. 2
रुपनी गाउँपालिका | वडा नं. ६ तेरहौता
×
गृह पृष्ठ विद्यार्थी विवरण पात्रो
सम्पर्क
हाम्रो बारेमा
हाम्रो बारेमा

विद्यालयको परिचय

सगरमाथा अञ्चल सप्तरी जिल्ला रुपनी गाउँपालिका वार्ड नं। ४ मा अवस्थित यस श्री आधारभुत विद्यालय छपकी भथौल, छपकी गाउँको उत्तरी भागमा करिव १० कठ्ठा ऐलानी जग्गामा ५ ओटा दूई कोठे भवन ९ब्लक० एउटा एक कोठे पक्की भवन दूई शौचालय र एउटा ट्युवेल जडान भएको साथै ० कक्षा देखी ८ कक्षा सम्म सञ्चालन रहेको एवंम प्रा। वि। तर्फ ५ ओटा शिक्षक र नि। मा। वि। तर्फ ३ ओटा गा। पा। अनुदानकोटामा शिक्षक कार्यरत छन्। विद्यालयको प्राङ्गनमा एउटा गोल्षम महेर फूलको करिब ७ फीट मोटो रुख छन् ।

विद्यालयको ऐतिहासिक पृष्ठभुमि    

यो विद्यालय भएको ठाउँमा विभीन्न जातजातिका हिन्दु धर्मावलम्वीहरु वसोवास गर्दछन । जस्मा बढिमात्रामा चमार, खत्वे, मुसहर आदी जातिका दलितहरु रहेका छन्। साविक जमुनी मधेपुरा वार्ड नं। ७,८ र ९ हाल रुपनी गा। पा। वार्ड नं। ४ का समाज सेवी वुद्धिजिवी एवं भद्रभलादमी को अथक प्रयासमा वि। सं। २०३६ सालमा माननीय शिक्षा तथा राज्य मन्त्री डा। डम्वरर नारायण यादव ज्यू समक्ष विद्यालय स्वीकृतिका लागी दिइएको निवेदनानुसार वि। सं। २०३६ सालमै विद्यालय स्वीकृत भइ श्री रा। प्रा। वि। छपकी भथौल नामाकरण भई पत्र प्राप्त भयो र यहाँका वालक र वालिकाहरु शिक्षा आर्जन गर्न अवसर प्राप्त गरे ।
कक्षा ६-८ सञ्चालन गर्नका लागी यसै वार्डका हाल वि। व्य। स। अध्यक्ष श्री महेन्द्र प्रसाद यादव म प्र। अ। बालकृष्ण यादव र वडाअध्यक्ष श्री छेदी इसर एवं गाउले युवाहरुको अहम भूमिका रहेका छन्।

विद्यालयको सेवा क्षेत्र पहिचान    

रुपनी गा. पा. कार्यालयको दक्षीण तर्फ राजविराज सदरमुकाम देखी उत्तर पश्चिम करिब ७ कि। मी। दुरीमा लोकदेवता श्री दीनाराम भद्री स्थान देखी १ कि. मी. पूर्व दक्षीण कुनामा छपकी गाउँको उत्तरी भागमा विद्यालय अवस्थित छ । 
राजविराज रुपनी सडकको मध्यमा पिप्राही टोलबाट दक्षीण तर्फ गएको ग्राएभेल सडक विद्यालयको चौरमा पुग्छन ।समुदायमा विद्यालय विच सम्बन्ध र प्रतिवेदन धारणा नङ्ग र मासुको सम्बन्ध झै विद्यालय र समुदाय वीच सम्वन्ध रहेको छन् । विद्यालयको लागी वहाँहरु सधैँ तरपर तहि रहन्छ विद्यालयको रेखदेखमा पनि त्यतिकै आफ्नै सम्पति जस्तो चाहना राखेका छन् प्रतिवर्ष विद्यालयको आय-व्यय एवं शिक्षण सिकाई सम्वन्धी चासो गरी समय समयमा सुझाव एवं सर सल्लाह दिइदै आएका छन् ।

विद्यालयको सेवा क्षेत्रको परिभाषा

विद्यालयमा पठन पाठन गर्न आउने गाउँ (टोल) बुझिन्छ ।तर यहाँ समथर भू-भाग भए एनि पश्विम टोल लक्ष्मीपुरको वालवालिकाहरुको लागी बाटो घुमाउरो भएकोले स(साना वालवालिकाका लागि अप्ठ्यारो भइ रहेका छन्। विद्यालयमा केही शैक्षिक सामग्री भएतापनि पूर्ण रुपले पूर्ति भएका छैन् ।

विद्यालयको भौतिक अवस्था


क्र.स.
विवरण
जम्मा संख्या
१ 
विद्यालय भवन

२ 
कक्षाकोठा 
३ 
खेल मैदान
६ कट्ठा

छात्रा शौचालय
१ 

फर्निचर५९ जोडी वेन्च डेक्स

छात्र शौचालय१ 

ट्युवेल१ 

दिवाखाजाको वर्तन प्लेट, सिलिण्डर, ग्लास, चम्चा प्रयाप्त

कम्प्युटर, व्यट्री, फोटोकपी मेशिन 
१/१ थान
१०
दराज

११
टेवुल
१२ 
कुर्सी १०
१२ 
इ. हाजरी सि. सि क्यामरा

१३ 
विद्युत मिटर

१५ 
सेतोबोर्ड 


विद्यालयको समुदाय पृष्ठभुमि    

यहाँ बसोबास गरेका विभिन्न जातजातीका व्यक्तीहरु समावेशी आधारमा सामाजिक, आर्थिक र सांस्कृतिक तथा सार्वजनिक कार्यमा एकजुट भइ साघाउछन् ।समुदायका सम्पूर्ण मानिसहरु विद्यालय प्रति सकारात्मक रुपले हेर्ने गरेका छन्।

प्रशासन सदस्यहरू

हाम्रा उत्कृष्ट शिक्षकहरू

हाम्रो प्रतिभाशाली विद्यार्थीहरू